पश्चिम नवलपरासी सुस्ताको सिमानामा सुरक्षा गस्ती बढाउने आश्वासन

२०८३ असार १, सोमबार
पढ्ने समय : 2 मिनेट

असार १

एक साताअघि भारतीय सशस्त्र सीमा बल -एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर छलफल प्रारम्भ भएको छ ।
एसएसबी टोली नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए । सोही विवाद र सुस्ताको समग्र सुरक्षा अवस्थालाई लिएर आज जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला र सुस्तावासीबीच छलफल भएको छ ।छलफलमा सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्ने संघीय सांसद विक्रम खनालले हालै सिर्जित समस्याका बारेमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई लिखित जानकारी गराई कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधानका लागि पहल गर्ने बताए ।उनले दुवै देशका सुरक्षाकर्मीले गर्ने Úसंयुक्त गस्तीÚ बाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने र यसलाई तत्काल रोकिनुपर्ने बताए ।छलफलमा बोल्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा र भूमिको रक्षा गर्नु प्रशासनको पहिलो दायित्व भएको बताए । उनले भने, æसीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा गस्ती र निगरानी बढाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । स्थानीय प्रशासन सुस्तावासीको साथमा छ ।æ छलफलमा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्तावासीले सधैँ अभाव र त्रासका बीच पनि देशको सीमा रक्षा गरिरहेको उल्लेख गरे । भने, æभारतीय एसएसबीले पटक–पटक फरक–फरक बहानामा नेपाली भूमिमाथि आँखा लगाउने गरेको छ । स्थानीय सरकारको तर्फबाट हामी डटेर सामना गरिरहेका छौँ,तर यसको स्थायी कूटनीतिक समाधानका लागि संघीय सरकारले तत्काल भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्छ ।æ
छलफलमा आफ्नो पीडा राख्दै स्थानीय बासिन्दा सीमा रक्षकको नामले चर्चित मुन्ना खाँले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति निकै कमजोर रहेको गुनासो गरे । उनले भने, æयहाँ दरबन्दीअनुसार सुरक्षाकर्मीको सङ्ख्या निकै कम छ । पर्याप्त सुरक्षा फौज नहुँदा भारतीय एसएसबीले सजिलै नेपाली भूमिमा आएर दादागिरी देखाउने आँट गर्छन् । सबैभन्दा पहिले सुस्तामा नेपाली सुरक्षाकर्मीको उपस्थिति बलियो बनाइनुपर्छ र दरबन्दीअनुसार तत्काल थप टोली खटाइनुपर्छ।æ
सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नियतवश फरक–फरक नयाँ स्थानबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि æहामी पहिलेदेखि नै यही बाटो गस्ती गथ्र्यौंæ भन्दै दावी गर्ने गरेका छन्। भारतीय पक्षको यस्तो प्रवृत्तिका कारण सीमा क्षेत्रमा पटक–पटक विवाद बढ्दै गएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय