श्रीलंकामा रहेको बन्दरगाहको विकासमा भारतले ५ सय करोड खर्च गर्ने

२०८१ बैशाख २२, शनिबार
पढ्ने समय : < 1 मिनेट

बैशाख २२
भारतले श्रीलंकामा रहेको बन्दरगाहको विकासमा ५ सय करोड रुपैयाँ खर्च गर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषद्ले यससम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ । कनकेसन्थ्रुई पोर्ट श्रीलंकाको उत्तरी प्रान्तमा अवस्थित छ ।

केकेएस पोर्ट १६ एकड क्षेत्रफलमा फैलिएको छ र पुडुचेरीको कराइकल पोर्टबाट १०४ किलोमिटर टाढा छ।

पुडुचेरी बाहेक, तमिलनाडुको नागपट्टिनमबाट कानकेसन्थुराई बन्दरगाहसम्मको यातायात सुविधा छ, दुई ठाउँहरू बीचको १११ किलोमिटरको दूरी साढे तीन घण्टामा पूरा गर्न सकिन्छ।

पछिल्लो समय यो बन्दरगाह मर्मतको आवश्यकता परेको छ । भारतले यसको पुनविकासमा लाग्ने सबै खर्च वहन गर्न तयार रहेको जनाएको छ । श्रीलंकाको मन्त्रिपरिषदमा यस विषयमा छलफल भएको थियो । यसअवधिमा श्रीलंकाको संसदले यो प्रस्तावलाई अनुमोदन गरेको थियो।

श्रीलङ्काको मन्त्रिपरिषद्बाट जारी विज्ञप्तिमा यो आयोजनाको महत्वलाई मध्यनजर गर्दै आयोजनाको सम्पूर्ण अनुमानित लागत भारत सरकारले व्यहोर्ने सहमति भएको जनाएको छ । चालु आर्थिक वर्षको चैत महिनामा गरिएको मूल्याङ्कन अनुसार यो आयोजनामा ५१३ करोड रुपैयाँ खर्च हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय