नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

२०८३ बैशाख ५, शनिबार
पढ्ने समय : 2 मिनेट

वैशाख ५
चिनियाँ दूतावासले नेपालका जेनजी युवाहरुलाई लक्षित गरी युवा अग्रणी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
‘चाइनिज एम्बेसी युथ पायोनियर प्रोग्राम (सी.एन.वाई.पी)’ भनिने यस कार्यक्रमको उद्देश्य नेतृत्व विकास, सामाजिक तथा आर्थिक रूपान्तरणमा युवाको भूमिका विस्तार र चीन–नेपालबीच आपसी समझदारी तथा सहकार्य सुदृढ गर्नु हो ।काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार यस कार्यक्रममार्फत सहभागीहरूलाई नेतृत्व तालिम, नीति तथा सामाजिक मुद्दामा छलफल, कार्यशाला तथा अध्ययन भ्रमणमा सहभागी गराइनेछ । साथै छनोट भएका युवालाई चीन भ्रमणको अवसर पनि प्रदान गरिने छ ।दूतावासले यो कार्यक्रमले नेपालमा ‘रूपान्तरणकारी सोच’ भएका युवाको सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ । सहभागीहरूले विभिन्न क्षेत्रका विज्ञ, कूटनीतिज्ञ र उद्यमीसँग अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।
कार्यक्रममा सहभागी हुन २२ देखि ३४ वर्ष उमेर समूहको हुनुपर्ने दूतावासले जनाएको छ। इच्छुक नेपाली युवा पेशाकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन फारम अंग्रेजीमा भरेर इमेल ठेगाना अलथउलभउब२ि१६३.अयm मा पठाउन दूतावासले भनेको छ । आवेदन बुझाउने अन्तिम मिति सन् २०२६ को मे १७ तारिक (२०८३ जेठ ३ गते)सम्म तोकिएको छ ।
दूतावासका अनुसार आवेदनहरू कार्यक्रमको उद्देश्यसँगको सान्दर्भिकता आधारमा मूल्यांकन गरिनेछ र अन्तिममा १० देखि २० जना उम्मेदवार छनोट गरिनेछ ।
छनोट भएकाहरू एक वर्षसम्म कार्यक्रमका विभिन्न तालिम, गतिविधि र नेटवर्किङ कार्यक्रमहरूमा संलग्न हुनेछन् । कार्यक्रम सम्पन्न भएपछि उनीहरू पूर्व–सदस्य सञ्जाल (अल्मुनाइ)मा आवद्ध हुनेछन्, जसले निरन्तर अवसर र सहकार्यका माध्यम उपलब्ध गराउने बताइएको छ ।कार्यक्रमले समुदायमा आधारित परियोजना सञ्चालनमा समेत सहभागीलाई प्रोत्साहन गर्ने काठमाडौंस्थित चिनिया दूतावासले जनाएको छ ।दूतावासले यो पहलले नेपालका युवामा नेतृत्व क्षमता विकाससँगै दिगो सामाजिक तथा आर्थिक विकासमा योगदान पु¥याउने अपेक्षा गरेको छ। अमेरिकाले पनि नेपाली युवा लक्षित कार्यक्रमहरु सन्चालन गर्दै आएको छ । विश्लेषकहरूका अनुसार चीन र अमेरिकाजस्ता ठूला शक्ति राष्ट्रहरूले सञ्चालन गर्ने यस्ता कार्यक्रमहरू केवल शैक्षिक वा नेतृत्व विकासमा सीमित नभई ‘सफ्ट पावर कूटनीति’का महत्वपूर्ण हिस्सा हुन्।
नेपालजस्ता देशमा यस्ता कार्यक्रमहरूले युवाबीच अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, अनुभव आदान–प्रदान र नीति–सम्बन्धी क्षमता विकासमा योगदान पु¥याउने भए पनि यसको दीर्घकालीन कूटनीतिक प्रभावबारे बहस पनि हुँदै आएको छ ।
सी.एन.वाई.पी. कार्यक्रमसँगै अमेरिकी नेतृत्व विकास कार्यक्रमहरूको तुलना गर्दा दुवै देशले नेपालका युवा जनशक्तिमा पहुँच विस्तार गर्न प्रतिस्पर्धात्मक रूपमा एक्सचेन्ज कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय