बैशाख ५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँगको भेटमा चिनियाँ पर्यटकको आगमन बढाउनेतर्फ आफ्नो चासो व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा भएको भेटमा राजदुत चाङसँग मन्त्री पौडेलले नेपालको आर्थिक र पर्यटन विकासमा चीनले पुर्याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यस्तै सहयोग प्राप्त हुने विश्वास लिएको बताइन्छ ।
नेपालको पूर्वाधार विकास, सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनमा चीनले गरेको सहयोगको चर्चा गर्दै मन्त्रीले आगामी दिनमा नेपालको पर्यटन विकासमा चीनसँगको साझेदारी झन् गहिरो हुने विश्वास लिएका हुन् । उनले जनस्तरको सम्बन्धलाई कसिलो बनाउन पर्यटनले ठूलो भूमिका खेल्ने धारणा राखेको मन्त्रालय स्रोतले बतायो ।मन्त्री पौडेललाई नयाँ जिम्मेवारीका लागि बधाई र सफल कार्यकालको शुभकामना दिँदै राजदूत चाङले नयाँ नेतृत्वले नेपालको थप विकास गर्ने विश्वास राखेको बताइन्छ । राजदूतको भनाइ थियो , ‘नेपाल र चीनबीच कायम रहेको ऐतिहासिक सम्बन्धसँगै दुई मुलुकबीच पर्यटन, सांस्कृतिक आदानप्रदान र आर्थिक विकासमा फड्को मार्न सकिने धेरै आधार छन् ।’






