चिनियाँ विदेशमन्त्री को भ्रमणलाई नेपालले सदुपयोग गर्न सकेन

२०७८ चैत्र १३, आईतवार
पढ्ने समय : 2 मिनेट

चैत १३
नेपाल–चीन सम्बन्धका जानकार डा. राजिव झाले नेपाल ले चिनियाँ विदेशमन्त्री को नेपाल भ्रमणलाई उचित सदुपयोग गर्न नसकेको बताएका छन् ।
शुक्रबार तीन दिने नेपाल भ्रमणका लागि आएका चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमणलाई नेपालले उचित सदुपयोग गर्न नसकेको बताएका हुन् ।
उनले चिनियाँ विदेशमन्त्री यी को नेपाल भ्रमणका लागि नेपाल ले तयारी नै गर्न नसकेको पनि बताएका छन ।
झाले नेपाल र चीन सरकार बीच शनिवार भएको द्वीपक्षीय वार्तामा बीआरआई सम्बन्धिका कुनै पनि योजनाहरु नपर्नु अनौठो भएको बताए । उनले विदेशमन्त्री यी नेपाल आउनु पूर्व बीआरआई सम्बन्धी परियोजनाका बारेमा पनि छलफल गर्ने कुरा भएपनि त्यो बारेमा कुनै पनि सम्झौताका बारेमा सरकारले कुरा उठाउन नसकेको बताएका छन ।
यसले नेपाल पक्षले बीआरआईको बारेमा कुरा गर्नै नचाहेको हो कि भन्ने आशंका पैदा भएको पनि बताएका छन ।
डा. झाले भने, ‘नेपालले चिनियाँ विदेशमन्त्री वाङ यी को नेपाल भ्रमण लाई उपयोग गर्न सकेन । नेपालको तयारी नै पुगेन वा नेपाल सरकारले वाङ यी को भिजिटलाई त्यति महत्व दिएको देखिएन ।
डा. झाले चीन सरकारले नेपाललाई विशेष महत्वका साथ विदेशमन्त्रीको भिजिट गराएपनि नेपालले भने खासै चासो नदेखाएको गुनासो गरे ।
शुक्रवार तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री यी आज स्वदेश फर्किएका छन् । स्वदेश फर्किनुअघि विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । भेटमा बिआरआई परियोजना अघि बढाउने, नेपालको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक अवस्थालाई उकास्ने, सीमानाका बलियो बनाउने, नाकाहरु खोल्ने लगायतका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय