निषेधित क्षेत्रमा हिँडिरहेका एक चिनियाँ नागरिक किमाथाङ्काबाट पक्राउ

२०७८ फाल्गुन २८, शनिबार
पढ्ने समय : < 1 मिनेट

फागुन २७
– सङ्खुवासभाको उत्तरी क्षेत्र, चीनसँगको सीमावर्ती नाका किमाथाङ्काबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

निषेधित क्षेत्रमा हिँडिरहेको अवस्थामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा प्रहरीको गस्ती टोलीले छोङ जेनजियन नाम गरेका २८ वर्षीय पुरुषलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी जीवनकुमार गौतमले जानकारी दिनुभयो ।

उनको साथमा राहदानी भेटिएको र उनीमाथि थप अनुसन्धान गर्न अध्यागमन विभाग काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय