असार ३२
फोनेक्स इन्स्पिरेसनले नेपालमा पहिलो पटक ‘नेपाल चीन सांस्कृतिक सम्मेलन २०२५’ आयोजना गर्ने भएको छ। नेपाल–चीनको दातृ निकाय सम्बन्ध भएको ७० वर्षको अवसरमा फोनेक्स इन्स्पिरेशनले नेपाल–चीनको सांस्कृति आदान प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इन्स्पिरेशनका अध्यक्ष विनोद ब्लोनले जानकारी दिए।
कार्यक्रमको प्रमुख उद्देश्य दुई मित्र देशको भाषा र संस्कृति आदानप्रदान गर्नु हो। यस्तो कार्यक्रम नेपालमा आयोजना भएको तेस्रो पटक हो। यो वर्ष दुईदेशको ७० औं दातृ सम्बन्धको अवसरमा आयोजना गर्न लागिएको छ। उनले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य दुई देशबीचको भाषा र संस्कृति साटासाटा होस् र जसले रोजगारी पनि सिर्जना गरोस् भन्ने हो। अहिले पनि चिनियाँ भाषामा दख्खन राख्ने नेपालीहरूले स्वतः रोजगारी पाइरहेका छन्।’
अध्यक्ष ब्लोनका अनुसार दुई देशबीचको डिप्लो म्याटिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा चीनका ७० जना विद्यार्थी नेपाल आइसकेका छन्।
‘नेपाल–चीनका विद्यार्थीहरू पर्सी शुक्रबार साउन २ गते विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने छन्,’ उनले भने ‘कार्यक्रममा दुई देशको संस्कृति झल्काउने गीत, नृत्य तथा कविताहरू पस्किने छन्। नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष कुमार पाण्डेले दुई देशबीच हुने यस्ता कार्यक्रमले नेपाल–चीनको सम्बन्ध अझ प्रगाढ बनाउने बताए।
‘नेपाल र चीनको बीचको ठूलो व्यापार भएकोले विद्यार्थीले मात्रै नभइ उद्यमी व्यवसायीले समेत चीनियाँ भाषा जान्नु पर्ने बताए।‘हामी अब उद्यमी व्यवसायीलाई समेत चीनियाँ भाषा सिकाउँदै छौं,’ उनले भने ‘यसले दुई देशबीचको व्यापार व्यवसाय गर्न सहजीकरण मिल्नेछ।’
‘दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बनोस् भन्ने हाम्रो चाहना हो। त्यसकारण हाम्रो सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा नेपालबाट शिक्षक र विद्यार्थीहरू गरेर ७० जना र चीन तर्फको पनि सोहि संख्यामा शिक्षक र विद्याथीहरू कार्यक्रममा सहभागी हुनेछन्। नेपाल तर्फबाट ७० जनाको टोलीले जुलाईको पहिलो हप्तामा चीन भ्रमण गरेको थियो भने चिनियाँ पक्षबाट आज बुधबार जुलाई १६ गते नेपाल आइपुगेका छन्।
साउन २ गते हुने सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतितिको रुपमा रहने छन् भने चीनको तर्फबाट राजदूत छन सोङ सहभागी हुनेछन्। राष्ट्रिय सभा सांसद अञ्जान शाक्यको समेत कार्यक्रममा उपस्थिति रहने छ। साथै चीनको इंह्वा एकेडेमी अफ थेन्चिनका प्रमुख लिन स्याङ्याङ समेत सहभागी हुनेछन्। नेपाल पुलिस क्लबको द ब्ल्यू पेविलियन पदर्शनी मार्गमा साउन २ गते बिहान १० बजे सम्मेलन आयोजना गर्न लागेको आयोजकले जनाएको छ।
फानेक्स इन्स्पिरेशनले विभिन्न स्कूलहरूमा चीनियाँ भाषा सिकाउँदै आएको छ भने चीनियाँ फिल्म तथा डकुमेन्ट्रीहरू नेपाली भाषामा डबिङ गर्दै आएको छ भने चिनियाँ कथा, लघुकथा, वालसाहित्य, उपन्यास लगायतलाई नेपालीकरण गरि साहित्य क्षेत्रको समेत ज्ञान आदान प्रदान गर्ने जमर्को गर्दै आएको छ।






