सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

२०८२ बैशाख १३, शनिबार
पढ्ने समय : < 1 मिनेट

वैशाख १३
भारत काश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौँमा प्रदर्शन गरिएको छ ।
आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए । सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो ।

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दु समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय