पाँच अर्बको चाइनिज फिल्म नेपालमा सुटिङ

२०८१ चैत्र ६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

चैत ७,
झण्डै पाँच अर्ब लगानीमा निर्माण भइरहेको चिनियाँ चलचित्र ‘लभ फरेभर एण्ड नेभर डाइ’को छायांकन नेपालमा गरिने भएको छ।

चीनका विभिन्न प्रान्तमा करिब ६० प्रतिशत खिचिएको उक्त फिल्मको बाँकी सुटिङ नेपालमा गर्न लागिएको हो । २० सदस्यीय प्राविधिक टोलीले काठमाडौँसहित भक्तपुर, पोखरा, चितवन र लुम्बिनीसम्म पुगेर छायांकनका लागि स्थलगत अवलोकन र अध्ययन गरिरहेको बुझिएको छ ।

फिल्म खिच्न करिब दुई सय जनाको टिम चीनबाट आउने निर्माण पक्षले बताएको छ । त्यसो त, उक्त चलचित्रको छायांकन सन् २०१९ मै शुरु भएपनि कोभिड महामारीको कारण स्थगित भएको हो ।

छायांकन अवधिभर चिनियाँ निर्माता, निर्देशकलाई व्यवसायी प्रभाकर खड्काले सहजीकरण र व्यवस्थापन गर्दैछन् । उनका अनुसार चिनियाँ टिमले होलीको दिन (चैत २९) बसन्तपुर पुगेर आवश्यक दृश्यहरु खिचिसकेको छ । सन् २०२६ को चिनियाँ नयाँ वर्ष (९ फरवरी)देखि फिल्म प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय