फागुन ९
चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) सरकारले छिमेकी नेपालसँग विभिन्न क्षेत्रमा थप सहकार्यको चाहना राखेको छ । सिजाङ सरकारको बजार अनुगमन कार्यालयका उपमहानिर्देशक लिउ जियानवेइले ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँगको भेटमा उक्त धारणा राखेका हुन् ।
महावाणिज्यदूतावासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा सौहाद्र्रपूर्ण छलफल भएको जनाइएको छ । दुई देशबीचको गुणस्तर प्रमाणीकरणसम्बन्धी द्विपक्षीय सम्झौता कार्यान्वयनमा केन्द्रित भेटवार्तामा सिजाङ सरकारले आगामी दिनमा जलवायु परिवर्तनले पुर्याएको असर न्यूनीकरण र बजार अनुगमनमा थप सहकार्यको इच्छा राखेको बुझिएको छ ।






