माघ १०
नेपाल टेलिकमको डाटा सेन्टर निर्माणको जिम्मा चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले पाएको छ। नेपाल टेलिकमले अगस्ट २२ मा आब्हान गरेको टेन्डर हुवावले हात पारेको हो।
नेपाल टेलिकमको डाटा सेन्टरको पूर्वधार निर्माण र जडानको काम हुवावे टेक्नोलोजिस् को. लिमिटेडले पाएको छ। नेपाल टेलिकमले स–साना डाटा सेन्टर प्रयोग गरिरहेकोमा अब २ ठूला डाटा सेन्टर बनाउन लागेको टेलिकमले जनाएको छ।



‘अहिले स–साना धेरै डाटा सेन्टर प्रयोग गरिरहेका छौं,’ नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रवक्ता हरि ढकालले भने,‘अब काठमाडौं र भैरहवामा ठुला डेटा सेन्टर बन्छन्।’
उनले हुवावेसंग ५–६ वर्षकोलाागि सम्झौता भएको बताए। पूर्वधार निर्माणसंगै बाह्य व्यवस्थापन हुवावेले सहयोग गर्ने छ।
नेपाल टेलिकमले ७ लाख ६७ हजार अमेरिकी डलरमा बुझाउने छ भने ३७ करोड ८१ लाख नेपाली रुपैयाँमा बुझाउने छ।
हुवावेले डाटा सेन्टर निर्माणकालािग साढे ४८ करोड नेपाली रुपैयाँ बराबरको ठेक्का हात पारहेको हो।



