सुदूरपश्चिमका पूर्वमन्त्री देउवा र उत्तराखण्डका मुख्यमन्त्रीबीच भेटवार्ता, धार्मिक पर्यटन प्रवद्र्धनमा जोड

२०८१ पुष २७, शनिबार
पढ्ने समय : < 1 मिनेट

पुस २७

सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई नेपालको सिमा क्षेत्रका दुई प्रदेशबीचको धार्मिक पर्यटन विकास गर्न सहकार्यको प्रस्ताव गरेका छन् ।
उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीसंग भारतको उत्तराखण्डमा भएको भेटघाटका क्रममा सुदूूरपश्चिम प्रदेश सांसद समेत रहेका पूूर्वमन्त्री देउवाले पर्यटन विकासका लागि दुई प्रदेशबीच सहकार्य गरेर जानुपर्ने प्रस्ताव गरेका हुन् ।

मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएका समयमा भाजपा युवा मोर्चा उत्तराखण्डका मन्त्री शभम् चन्दको आग्रहमा देउवा र मुख्यमन्त्री धामी बीच भेटघाट भएको थियो ।
पुर्वमन्त्री देउवाले उत्तराखण्डका मुख्यमन्त्री धामीलाई सुदूरपश्चिम प्रदेशको भ्रमणका लागि समेत निम्तो दिएका छन् । भ्रमण कार्यतालिका तय गरेर सुुदूरपश्चिमका पर्यटकीय स्थलको भ्रमणमा आउन समेत पूूर्वमन्त्री देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेका छन् ।

सुदूरपश्चिम र उत्तराखण्ड प्रदेश बीच कला, संस्कृति, भौगोलीकता र रहनसहन भोषभुषजस्ता विषय समान रहेकोले पनि स्थानीय स्तरमै सहकार्य तथा सुमधुर सम्बन्ध सम्बन्ध राखेर जान देउवाले मुख्यमन्त्री धामीलाई आग्रह गरेको बताए ।
नेपाल र भारत बिच केन्द्रीय स्तरमा सम्बन्ध भएसंगै दुई देशीय स्थानिय छिमेकी प्रदेश बिच पनि सम्बन्ध मजबुत बनाउने कुरामा दुबै नेता बिच समझदारी भएको थियो ।

भेटका क्रममा उत्तराखण्डका मुख्यमन्त्री धामीले सुदूरपश्चिम प्रदेशका बारेमा आफु जानकार रहेको बताउदै सम्बन्ध जोड्न ईच्छा रहेको बताएका थिए । सीमावर्ती भारतीय क्षेत्रका पर्यटकलाई भित्र्याउन सके सुदूरपश्चिमको पर्यटन विकासमा ठूलो टेवा पुुग्ने देखिन्छ ।

सुदूरपश्चिममा पर्याप्त धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सौन्दर्य बोकेका पर्यटकीय स्थल भए पनि अपेक्षाअनुसार पर्यटन विकास हुन सकेको छैन ।

पर्यटन विकासका लागि प्रदेश तहमा सहकार्यको प्रयास गरिएको देउवाले बताए । मुख्यमन्त्री धामीले आफू नेपाल र खासगरी सुदूरपश्चिमबारे जानकार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय