नेपाल र चीनबिच भएको भैँसीको मासु निर्यातको सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन

२०८१ पुष २०, शनिबार
पढ्ने समय : < 1 मिनेट

पुस २०
नेपाल र चीनबिच भएको भैँसीको मासु निर्यातसम्बन्धी सम्झौताको विरुद्धमा विभिन्न संघ संस्थाले शनिबार विरोध प्रदर्शन गरेका छन् । अहिंसा परमोधर्म भन्दै उनीहरूले शान्तिपूर्ण पद यात्रा गरेका हुन् ।


नेपाल देवभूमि भएको र यसलाई दानवको राज्य नबनाउन उनीहरूको माग छ । उनीहरूले चीनसँग गरिएको सम्झौता खारेज गर्न भनेका छन् ।
नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरेको छ । नेपालका तर्फबाट हिमालयन फुड इन्टरनेसनल र चीनको साङ्घाई जी याङ फुड कम्पनी लिमिटेडबिच राँगाभैँसीको मासु निर्यातसम्बन्धी सम्झौता भएको हो । यी दुवै कम्पनी निजीस्तरका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमणका क्रममा मासु निर्यात सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि चिनियाँ पक्षले नेपाली मासुको गुणस्तर सम्बन्धी मस्यौदा पठाइसकेको छ । सो मस्यौदामा पशुसेवा विभागले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय