सिचुआन एअरलाइन्सको विमान पोखरामा अवतरण, यात्रुको भव्य स्वागत

२०८१ पुष ११, बिहीबार
पढ्ने समय : < 1 मिनेट

पुस ११
चीनको सिचुआन प्रान्तको राजधानी छन्तुबाट आएको सिचुआन एअरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमान पोखरामा आइतबार र सोमबार हुने दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता–२०२४ का लागि आएका खेलाडी, अधिकारीहरु गरेर १२९ यात्रु बोकेर आएको हो ।

बिहान सवा १० बजे अवतरण गरेपछि विमानका यात्रुको भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुन लागेको प्रतियोगितामा

नेपालका ११, चीनका आठ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय