जून २१ देखि भारतको दिल्ली देखि नेपालको जनकपुरधाम सम्म रेल आउने

२०७९ जेष्ठ २८, शनिबार
पढ्ने समय : < 1 मिनेट

जेठ २८
रामायण सर्किट अन्तर्गत भारतीय रेलले भारतको दिल्ली देखी नेपालको जनकपुरधाम सम्म रेल सेवा सञ्चालन गर्ने भएको छ । भारतको रेल मन्त्रालय ले २१ जुन देखि भारत गौरव पर्यटक ट्रेन सञ्चालन गर्न लागेको छ ।

धार्मिक पर्यटनलाई बढावा दिनका लागि भारतीय रेलले आधुनिक सुविधा सहितको वातानुकूलित भारत गौरव ट्रेन सञ्चालन गर्न लागेको हो । यो ट्रेन भारत सहित नेपालमा रामायणसँग सम्बन्धीत ऐतिहासिक एवं धार्मिक स्थानमा जानेछ । भारत गौरव ट्रेन १८ दिनमा नेपाल र भारतको करिब ८ हजार किलोमिटरको दुरीमा यात्रा गर्नेछ । यसमा भारतको ८ वटा राज्य पर्ने भारतीय रेलले जनाएको छ ।
भारतको राजधानी दिल्लीको सफदरजंग स्टेशनबाट चल्ने रेल भारतको उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु, आंध्रप्रदेश, तेलंगाना जस्ता राज्यको यात्रा गर्नेछ । यसका साथै अयोध्या, बक्सर, नेपालको जनकपुरधाम, भारतको सीतामढी, काशी, प्रयाग, चित्रकूट, नासिक, हम्पी, रामेश्वरम सहित कांचीपुरम, भद्राचलम जस्तो शहरमा समेत यात्रा गर्नेछ ।

भारत गौरव ट्रेनले यात्रुलाई नेपालको चारवटा स्थानको दर्शन गराउनेछ् । जनकपुरधामको जानकी मन्दिर, सीता रामको विवाह स्थान, भगवान रामको जन्ती रुकेको स्थान र धनुषाधाम रहेका छ ।

६ सय क्षमता भएको भारत गौरव ट्रेनमा ६ सय व्यक्तिको सिट क्षमता रहेकामा आईआरसीटीसीका आधिकारिक प्रवक्ता आनन्द झाका अनुसार बुकिङ्ग सुरु भइसकेको र हालसम्म ४५० वटा बुकिङ्ग भएको जनाएका छन् । भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय