नेपाली क्रिकेट टोली र क्यानसँग भेट गर्दै जयशंकरले दिए बधाई र सहयोगको आश्वासन

२०८० पुष २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

 

पुस २०

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस.जयशंकरले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग भेट गर्दै टी–२० विश्वकपमा छनोट भएकोमा बधाई दिएका छन्।
विदेशमन्त्री जयशंकरले क्रिकेट टोलीसँगै नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीसँग अन्तरक्रिया गरेका हुन्।
यस क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई टी–२० विश्वकप तयारी तथा क्रिकेट विकासका लागि आफ्नो मुलुकले सधैँ सहयोग गर्ने आश्वासन पनि दिए।
गत नोभेम्बरमा भएको टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

दस वर्षको पर्खाइपछि राष्ट्रिय क्रिकेट टोली विश्वकपमा पुगेको हो। अब नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा सहभागी हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय