प्रथम भैरव नकआउट फुटबल ः भैरव युवा क्लव बिजयी

२०८२ मंसिर २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

भैरहवा मसिर २३
सिद्धार्थनगर–१, पक्लिहवामा जारी ‘प्रथम भैरव नकआउट फुटबल प्रतियोगिता’ अन्तर्गत मंगलवार भएको खेलमा भैरव युवा क्लव रामग्राम नवलपरासी बिजयी भएको छ । पक्लिहवा माविको खेल मैदानमा भएको खेलमा फर्साटिकर युवा क्लव फर्साटिकर, शुद्धोधन रुपन्देहीलाई २–० गोलले पराजित गर्दै भैरव क्लव बिजयी भएको हो ।


भैरव क्लवका खेलाडी अनुज गैरेले खेल सुरु भएको १४ औं मिनेटमा पहिलो गोल गर्न सफल भएका थिए । उक्त टिमकै क्याप्तान बिज्ञान गुरुङले मध्यान्तर हुनु भन्दा एक मिनेट अघि अर्को गोल गरेर आफ्नो टिमलाई २ गोलले अग्रता दिलाएका थिए ।मध्यान्तर पछि दुवै टिमको तर्फबाट प्रतिष्पर्धात्मक खेल भए पनि कुनै गोल हुन सकेन । भैरव टिमको खेलाडी सुजल क्षत्रीलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए । बिजयी टिमका खेलाडी कप्तान बिज्ञान गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए । उनलाई भैरव युवा क्लब पक्लिहवाका पुराना खेलाडी हङकङ निवासी विनोद गुरुङले २ हजार ५ सय रुपैयाँ नगद प्रदान गर्नु भएको थियो।बुधवार सम्पूर्ण युवा क्लव सुपौली तिलोत्तमा रुपन्देही र मनोस्टर गाइज सुनवल नवलपरासी बिच पहिलो सेमीफाइनल प्रतिष्पर्धा हुने जानकारी आयोजक भैरव युवा क्लब पक्लिहवा सिद्धार्थनगरका किसन थापाले दिए ।
पक्लिहवा माध्यामिक बिद्यालय सिद्धार्थनगरका जेहेन्दार तथा बिपन्न बिद्यार्थीहरुको सहयोगार्थ सञ्चालन गरिएको यस प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक सहित रुपन्देही र नवलपरासी गरि आठ वटा फुटवल टिमको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय