लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी लोसपामा प्रवेश

२०७९ बैशाख ११, आईतवार
पढ्ने समय : < 1 मिनेट

बैशाख ११
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) मनमोहन चौधरी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा प्रवेश गरेका छन् । उनलाई लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

यसअघि नगरप्रमुख चौधरी जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा रहेका थिए । गत स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार भइ नगरप्रमुखमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय