फाल्गुन २१
कांग्रेस नेता शेखर कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धनका रुपमा सहभागी नहुने बताएका छन् । अहिलेको दलीय गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै उनले निर्वाचनमा एक्लाएक्लै चुनावमा जाने बताए ।
वर्तमान परिस्थितिमा नेपाली कांग्रेसको भूमिका विषयक शनिबार विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । ‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो’, कोइरालाले भने, ‘कांग्रेसको सिद्धान्त कम्युनिष्टहरूलाई भोट हाल्ने होइन ।’



देशभरका ७५३ वटै पालिकामध्ये अधिकांशमा जित्दै पार्टीले प्रदेश र संघमा पनि जित्ने दाबी कोइरालाले गरे ।
कार्यक्रम मा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका अन्य दलहरुलाई ‘हात्तीको कानमा झुण्डिएको चमेरो’ भन्दै निर्वाचनसम्म गठबन्धन गर्नुपर्छ भन्ने हरुको आलोचना गरे। ।
कांग्रेस महामन्त्री गगन थापाले माले, मण्डले र मसाले एकै भएको उल्लेख गरे । ५ वर्ष शासन गर्छु भनेर दुई तिहाइ नजिकको मत लिएर आएको नेकपाले शासन सत्ता चलाउन ढंग नपु¥याउँदा २३ सिट जितेर पनि कांग्रेसले सत्ता चलाउनु पर्ने बाध्यात्मक अवस्था आइपरेको उनले बताए । नेता मिनेन्द्र रिजालले पनि गठबन्धन गरेर चुनावमा जान नहुने धारणा राखेका थिए ।



