नेपाल–चीन सीमा विवाद ः ‘उपयुक्त समय मा आधिकारिक धारणा सार्वजनिक गर्ने’

२०७८ माघ २५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

 

माघ २५,
चीनसँग को सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ ।

मङ्गलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा धारणा बाहिर ल्याउने बताउनुभएको हो । उहाँले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताउनुभयो।

मन्त्री कार्कीले सरकार छिमेकी देशसँग सीमा समस्या आउन नदिनका लागि प्रयत्नशील रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो,‘चीनसँगको सीमा विवादको सम्बन्धमा सरकारले रिर्पोटहरूको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा यसको वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छ ।’
प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कुटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय