माघ ११
राष्ट्रिय प्रजातन्त्र पार्टी का निवर्तमान अध्यक्ष कमल थापा ले चीन को सीमा नाका बाट सहज रूप मा सामान आयात–निर्यात हुने व्यवस्था गर्न नेपाल सरकार लाई आग्रह गरेका छन ।
चीन तर्फका तातोपानी र रसुवा को केरुङ नाका विगत केही बर्ष देखी विभिन्न बहाना मा बन्द रहेको र यस बाट नेपाली व्यवसायी हरु टाट पल्टिने अवस्थामा पुगे को विभिन्न सचार माध्यम मा समाचार आएको ले यस्तो अघोषित नाकाबन्दी अन्त्य गर्न सरकार को ध्यान जान जरुरी रहेको नेता थापा ले बताएका छन ।
नेता थापा ले सामाजिक सजाल फेसबुक मार्फत छिमेकी मुलुक दक्षिण को मात्र नभई उत्तरको नाकाबन्दी पनि आपत्तिजनक रहेको बताएका छन ।



२०७२ सालको भुकम्प देखी सिन्धुपाल्चोक को खासा नाका र रसुवागढी को नाका ठप्प रहेको छ । नेपाली व्यवसायीका अरबौ का सामान चिन तर्फ नै रहेको व्यवसायी हरु बताउछन । चिन ले अधोषित रुपमा नाकाबन्दी गरेको व्यवसायीहरु ले बताउने गरेका छन । नाका खोल्ने तर्फ नेपाल सरकारले कुनै पहल नगरेको व्यवसायी को गुनासो रहेको छ ।
चिन ले समय समय मा केही दिन का लागी नाका खोल्ने गरे पनि त्यस लाई निरन्तरता दिएको छैन ।



