चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै काठमाडौमा प्रदर्शन

२०७८ पुष २८, बुधबार
पढ्ने समय : < 1 मिनेट

 

पुस २८,
काठमाण्डौ – चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै सिन्धुपाल्चोकका स्थानीवासीले विरोध प्रदर्शन गरेका छन् ।
बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागी हुनुभएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, केरुङ, खासा नाका खुला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’

आन्दोलनकर्मीहरूले नेपाल–चीन नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय