पूर्वगाविस अध्यक्ष तथा लोसपा नेता गुप्ता नेपाली कांग्रेस प्रवेश

२०७९ कार्तिक ३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक ३
रुपन्देहीको तत्कालीन मैनहिया गाउँ विकास समितिका अध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रंगनाथ गुप्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

रुपन्देही ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सियारी गाउँपालिका वडा नम्बर २ मा बिहीबार आयोजित कार्यक्रममा पूर्व गाउँ विकास समिति अध्यक्ष गुप्तालाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरे ।

गुप्ता २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा गाउँ विकास समिति अध्यक्ष निर्वाचित भएका थिए । गत स्थानीय तह निर्वाचनमा गुप्ता लोसपाबाट उम्मेदवार थिए। ।
यस्तै, कार्यक्रममा युवा व्यवसायी मोहित रौनियार सहित एक सय बढी स्थानीय विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री खाँणले पार्टी सदस्यता प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले सबै अट्ने र भरोसाको पार्टी काँग्रेस भएको दावी गरे । उनले वर्तमान गठबन्धनको जिते मुलुकको विकास र समृद्धि हुने बताए । पूर्व गाविस अध्यक्ष गुप्ताले पार्टीको विचार र सिद्धान्त मन परेकाले काँग्रेस प्रवेश गरेको जनाए । उनले रुपन्देहीको विकासका लागि गृहमन्त्री खाँणले जित्नै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय