रुपन्देहीमा सय भन्दा बढी युवा नेपाली कांग्रेस मा प्रवेश

२०७९ आश्विन २९, शनिबार
पढ्ने समय : < 1 मिनेट

असोज २९
– रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का विभिन्न स्थानबाट शनिबार एक सय भन्दा बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । निर्वाचन क्षेत्र अन्तर्गत बुटवल उपमहानगरपालिका, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका युवालाई कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सदस्यता प्रदान गरेका हुन् ।

रुपन्देही–३ बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य उम्मेदवार खाँणले युवा व्यवसायी हरि खत्री, सुसना बस्नेत सहितका युवालाई सदस्यता प्रदान गरेका हुन् । कांग्रेसले महिला, मधेस, आदिबासी जनजाति दलित, मुस्लिमलगायतका लागि केन्द्रदेखि वडासम्मका समितिमा विभिन्न पदमा प्रतिनिधित्व सुनिश्चित गरेकाले क्रियाशील भएर लाग्न खाँणले आग्रह गरे ।

‘कांग्रेसले वर्गीय र राजनीतिक निरंकुशता मान्दैन,’ उनले भने, ‘तपाइँहरु आजकै मितिदेखि पुरानो कार्यकर्ता हुनुभयो । कांग्रेसमा नयाँ भनेर भेदभाव गर्ने चलन छैन ।’ अहिले कायम गठबन्धनका आधारशीलामा वर्तमान सरकार बनेको र मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई जिताएमा पुनः सरकार निर्माण गरेर मुलुकमा स्थायित्व र समृद्धि ल्याउने यात्रामा सघाउन आग्रह गरे ।

क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्व, क्षेत्रीय सचिव लेखनाथ भट्टराईको संचालनमा भएको कार्यक्रममा नगर सभापति कोशिश बहादुर खड्का, उपसभापति देवराज न्यौपाने लगायतले बोल्दै युवाहरुलाई काँग्रेसमा गोलबन्ध हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय