साउन १७
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समाहित गरेवापत आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन्। अध्यक्ष ओलीले सो भूभाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा सामेल गरे कै कारण आफू प्रधानमन्त्री पदबाट हटनु परेको बताएका हुन्।



सोमबार काठमाडौंमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उनले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसै अनुसार प्रधानमन्त्रीत्व गुमाउनु पुगेको दाबी गरे। ओलीले नाकाबन्दी सदाका लागि अन्त्य गरेवापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउन परेको उल्लेख गरे।
प्रधानमन्त्री पद गुमाउनु पर्दा आफूलाई कति पनि पीर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको उनको टिप्पणी छ। उनले सत्तामुखि भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारुढ दलहहरुलाई पटकपटक सचेत गराए।
२०२६ सालमा दक्षिण छिमेकीको १७ वटा सैन्य पोष्टहरु उत्तरी सिमानामा राख्ने मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्व कालमा भएको सम्झौंता हटाउने काम गरेवापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराए। अध्यक्ष ओलीले पूर्वजहरुले ज्यान लिएर जोगाएको देशलाई हामीले रक्षा गर्न अडेमात्रै पुग्ने टिप्पणी समेत दोहो¥याएका थिए। मुलुकको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरुले ज्यान दिए÷लडे, हामीले अडे मात्रै पनि पुग्ने उनको भनाइ थियो।
ओलीले एमसीसी सम्झौतालाई राष्ट्रिय बहसमा लैजानका लागि आफूले संसदमा पेस गरे पनि त्यसलाई अनर्थ लगाइएको भन्दै गुनासो गरेका थिए।
‘नाकाबन्दीका बेला नाकाबन्दी लागेपछि मैले उत्तरतिरबाट पनि ट्रान्सर्पोट, ट्रान्जिट एग्रिमेन्ट गरेँ । उत्तरतिरका पनि नाका खोलेर अबउप्रान्त नेपालमा नाकाबन्दी हुन नसक्ने परिस्थिति सिर्जना गरेँ । मलाई थाहा थियो–त्यसपछि मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ,हटाइन्छ, त्यो मलाई थाहा थियो,’ उनले भने ।



