नेपाल ले आफ्नो भू–भाग चाहियो भन्नु कुनै देशसँगको सम्बन्ध बिगार्नु होइन ः केपी ओली

२०७९ असार ७, मंगलवार
पढ्ने समय : 2 मिनेट

असार ७,
– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भू–भाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको बताउनु भएको हो ।
मङ्गलवार पूर्वराजदूतहरूको समूहले काठमाण्डौमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै उहाँले छिमेक सम्बन्धलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए अहिलेसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरूको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्चस्तरीय वार्ताको क्रममा पटक–पटक राखेको पनि स्मरण गराउनुभयो ।

पारस्परिक सम्मान, पारस्परिक लाभको आधारमा छिमेक सम्बन्ध बढाउनुपर्दछ । मैले हाम्रा छिमेकीहरूसँग उच्चस्तरमा संवाद गर्दा यी कुराहरू राखे । २१ औँ शताब्दीमा हामीले समस्याहरू भन्न नसकेर, बोल्न नसकेर वा सरकारमा बस्नेहरूले आफ्ना सत्ता स्वार्थलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितहरूको प्रश्नमा सौदाबाजी गर्नु हुन्न । राष्ट्रिय हितको पक्षमा उभिनुपर्छ । खुलस्त पनि हुनुपर्छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा गर्ने हो भने सुगौली सन्धिपछि एक सय ४६ वर्ष हामीले भोगचलन गरेको भू–भाग हो । त्यसपछि एउटा समय सन्दर्भमा कालापानीमा भारतीय फौज आएर बस्यो र साठी वर्षदेखि त्यहाँ छ । कालापानीमा भारतीय फौज भएको हुनाले लिपुलेक र कालापानीमा हामी प्रवेशै गर्न पाएनौँ । यो हाम्रो भू–भाग हो । यसमा हामीले अर्घेल्याइँ ग¥यौँ कि भन्ने ठान्नुपर्ने कुनै आवश्यकता छैन ।

अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध बिगार्नु नरहेको पनि पटक–पटक दोहो¥याउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय