मधेसका मसिहाहरु लाज पचाएर सरकारमा बसेका छन् ः ओली

२०७९ बैशाख ४, आईतवार
पढ्ने समय : < 1 मिनेट

वैशाख ४
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेसका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा बसिरहेको आरोप लगाएका छन् । सर्लाही सदरमुकाम मलंगवामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले मधेसका जनताका लागि नागरिकता विधेयक पास नहुँदा पनि सत्ताको लोभमा मधेसवादी दल सरकारमा बसेको आरोप लगाएका छन ।

ओलीले मधेसका जनताको समस्या बनेको नागरिकतामा एमालेले अध्यादेश ल्याएर समस्या समाधान खोजे पनि काम गर्न नदिएको दाबी गरेका छन ।

पूर्व प्रधानमन्त्री ओलीले एमाले नेतृत्वमा सरकार बन्नासाथ नागरिकता विधेयक पारित गर्ने र नागरिकता पाउनबाट बञ्चित मधेसी नागरिकलाई नागरिकता दिलाउने आश्वासन बाँडेका थिए ।
मधेसविरोधी नेताको छवि बनाएका ओलीले ४५ मिनेटको सम्बोधनमा आफूसहित एमाले मधेसविरोधी नरहेकोमा धेरै समय खर्चेका थिए । मधेसवादी दलका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गुहजिल्लामा बोल्दै ओलीले मधेस होस वा पहाड, तराई होस् वा हिमाल सबै ठाउँका जनताका लागि एमालेको नजर एउटै रहेको दाबी गरेका छन। ।
जसपा मा रहेका कविलासी नगरपालिका का मेयर कौशलकिशोर यादव लगायतलाई पार्टी प्रवेश गराएका ओलीले विस्तारै मधेसका नागरिकहरु मधेसका मसिहाहरुबाट मुक्त भइरहेको बताएका थिए । उनले आफूलाई मधेसको मसिहा भन्ने मधेस केन्द्रित दलहरुले मधेसको विकासमा अवरोध गरिरहेको समेत आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय