आज सुस्ता जाने भनिएको ओलीको भ्रमण रद्द

२०८१ बैशाख २०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

बैशाख २०
नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीको बैशाख २० गते सुस्ताको अवलोकन भ्रमणमा जाने पुर्व निर्धारित कार्यक्रम रद्द गरिएको छ ।

नेकपा एमालेको ९वौं जिल्ला अधिवेशनमा सहभागी हुनका लागि १ दिन अगावै जिल्ला आउने र सुस्ताको विवादित भुमि, वाल्मिकी आश्रम र गजेन्द्रमोक्ष धाम जाने कार्यक्रम तय गरिएको थियो ।

बैशाख २१ गते जिल्ला अधिवेशनमा सहभागी हुन २० गते जिल्ला आउने कार्यक्रम रहेको तर संवैधानिक परिषदको आकस्मिक बैठक बस्ने भएकोले सुस्ताको भ्रमण स्थगित गर्नु परेको नेकपा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताए ।

ओली बैशाख २१ गते जिल्ला आउने र रामग्राम स्तूप, महेशपुर भन्सार, बर्दगोरिया बाबा मन्दिर पुग्ने र अन्त्यमा जिल्ला अधिवेशन सुनवलमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय