बैशाख २०
भारतका महालेखापरीक्षक गिरिसचन्द्र मुर्म नेतृत्वको टोलीले चन्द्रागिरि नगरपालिकाको अवलोकन गरेको छ।
नेपाल भ्रमणमा रहेको यो टोलीले चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसँग भेटघाट गरे। टोलीले नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा जानकारी पनि लिएको छ।
मेयर गिरीका अनुसारसार्वजनिक सेवालाई चुस्त बनाउन नगरपालिकाले उच्च प्राथमिकता दिएको छ।



सो अवसरमा महालेखापरीक्षक तोयम राया, उपमहालेखा परीक्षक वामदेव शर्मा अधिकारी, विन्दु विष्ट, पद्मराज पौडेल र बैकुण्ठ बहादुर अधिकारीको सहभागिता रहेको थियो।



