उपप्रधानमन्त्री श्रेष्ठको चीन भ्रमण तत्काल १४ नाका खोलिने, काठमाडौँ–ल्हासा बस चलाउने

२०८० चैत्र १९, सोमबार
पढ्ने समय : 2 मिनेट

चैत १९
उपप्रधान एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धि सार्वजनिक गरेका छन । नौ दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी ९ बुँदे उपलब्धि सार्वजनिक गरेका छन।
आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाईमा पुगेको जानकारी गराउँदै श्रेष्ठले द्धिपक्षीय सम्बन्धका बिबिध आयामबारे चर्चा गरेका छन । कोभिड महामारीको कारण बन्द भएका १४ वटा व्यापार नाकाहरु खोल्न चीन सरकार तयार भएको, नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन।
त्यस्तै, नेपालको कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र चिनियाँ पर्यटक बढाउन पनि चिनियाँ सहयोग महत्वपूर्ण हुने श्रेष्ठले उल्लेख गरेका छन । काठमाडौँ र पोखराबाट चीनका विभिन्न शरहमा थप हवाई उडान थप्ने सहमति भएको पनि परराष्ट्रमन्त्री श्रेष्ठले बताएका छन।
नेपाली नागरिकलाई निशुल्क भिसा उपलब्ध गराउन चिनियाँ सरकार तयार रहेको पनि श्रेष्ठले जानकारी गराएका छन। चिनियाँ उच्चस्तरीय नेतृत्वले आगामी २८ र २९ अप्रिलमा हुने तेस्रो नेपाल लगानी सम्मेलनमा सहभागिताका लागि त्यहाँका लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको पनि श्रेष्ठको भनाई छ । यसका लागि त्यहाँका विभिन्न तहका नेतृत्वले प्रचार गरिरहेको श्रेष्ठले जानकारी दिएका छन ।

भ्रमणको क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को कार्यान्वयन योजना (बिआरआई इम्प्लीमेन्टेशन प्लान) लाई अन्तिम रूप दिएर कार्यान्वयनमा लैजानेबारे पनि छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले बताएका छन । आफूले भ्रमणको क्रममा मुख्यतया चिनियाँ कृषि प्रणाली, पर्यटन, जलविद्युत् र प्रविधिको अवलोकन गरेको श्रेष्ठले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय