चैत ११
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण लामो भएको भन्दै एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले आलोचना गरेका छन्।



चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री श्रेष्ठ चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण जाने तयारीमा छन्।
त्यसको विरोध गर्दै नेता रिजालले परराष्ट्रमन्त्री श्रेष्ठलाई चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ? भन्दै प्रश्न गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘कति लामो भ्रमण हो? कति फुर्सत हो परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई? चीनको भ्रमणमा ९ दिन खर्चिनुपर्ने के रहेछ? २०२३ मा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले पनि चीनमा ९ दिनै घुमफिरमा बिताउनुभएको थियो। दुनियाँले के भन्छ होला? अलिकति त ख्याल गर्नुपर्ने होइन र ?’
एमाले माओवादीको नयाँ गठबन्धन बनेपछि पछिल्लो समय चिनियाँ सक्रियता बढाएको छ। कांग्रेस नेतृत्वको गठबन्धन भत्काउन चीनले भूमिका खेलेको भन्दै आलोचना हुने गरेको छ।



