फागुन २४
चिनियाँ राजदूत चेन सोङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । राजदूत सोङ बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् ।
चिनियाँ राजदूतले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । भेटमा दुई देशबिचको सहकार्यको विषयमा छलफल भएको थियो ।






