फागुन २०
नेपाल–भारतमात्र नभई विश्वका सम्पुर्ण सनातनीका अराध्यदेव मर्यादा पुरुषोत्तम भगवान राम नै रहनुभएको महन्त मिथिलेशनाथ महाराजको भनाई छ ।
एक सप्ताहदेखि भईरहेको राम कथाको समापनको अवसरमा लक्ष्मणघाटधाममा पुग्नुभएका छिमेकी राष्ट्र भारतको पाटनदेवि शक्तिपीठ तुल्सीपुरका महन्त मिथिलेशनाथले नेपाल–भारतको सम्बन्ध भगवान राम र माता सिताको मात्र नभई रोटी–बेटीका साथै धार्मिक , सांस्कृतिक सम्बन्ध पनि रहेको बताउनुभयो ।



“हिन्दु धर्ममा जातिय वर्गीकरणले सनातन धर्म कमजोर हुँदै जांदा धर्म परिवर्तन बढेको बताउनुभयो । सम्पूर्ण सनातन धर्मावलम्बीले बच्चाहरुलाई धर्म संस्कृतिबारे ज्ञान दिनु अत्यन्त जरुरी छ ।”
राम कथामा प्रतिदिन हजारौंको संख्यामा उपस्थितीले जनमानसमा सनातन धर्मप्रति जागरुकता बढेको प्रस्ट पारेको कपिलवस्तुका पुर्व सांसद अभिषेक प्रताप शाहको भनाई थियो । पुर्वसांसद शाहले हिन्दु धर्ममा जातिय वर्गीकरणले सनातन धर्म कमजोर हुँदै जांदा धर्म परिवर्तन बढेको बताउनुभयो । सम्पूर्ण सनातन धर्मावलम्बीले बच्चाहरुलाई धर्म संस्कृतिबारे ज्ञान दिनु अत्यन्त जरुरी रहेको शाहको भनाई थियो ।
त्यस्तै शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले धर्मपरिवर्तनले सनातन धर्मलाई खोक्लो बनाएको भन्दै यसको संरक्षण गर्न हामी सबै जनस्तरबाटै लाग्नुपर्ने अनुरोध गर्नुभयो ।



