चिनियाँ नव वर्षको अवसरमा हाँडीगाउँमा विशेष कार्यक्रम

२०८० फाल्गुन ३, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

 

फागुन ३

काठमाडौँको हाँडीगाउँमा चिनियाँ नव वर्ष (चिनियाँ लुनार नव वर्ष २०२४) को अवसरमा विशेष कार्यक्रम गरिएको छ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्ग पनि सहभागी थिए। पुरातत्वविद्ले हाँडिगाउँ नेपाल–चीन सम्बन्ध जोड्ने सेतुको एतिहासिक स्थल भएको बताउँदै आएका छन्।
कार्यक्रममा चिनियाँ राजदुत छेन सोङ्गले कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘आगामी वर्ष नेपाल–चीन कुटनितिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ। त्यस अवसरमा नेपाल र चीनका जनताबीच रहिआएको कसिलो सम्बन्धलाई झन् घनिभुत पार्न थप विशेष कार्यक्रमहरु गरिने छन उनले भने।कार्यक्रममा युनान विश्वविद्यालयका स्नातक तहका विद्यार्थीले आकर्षक ड्रागन र ड्रम नृत्य प्रस्तुत गर्नाका साथै यसको परेड पनि गरिएको थियो।

कार्यक्रम काठमाडौँ स्थित चिनियाँ दुतावास, चीन समुद्रपार संगठन, नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगर पालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय