नेपाली युवा टोली र चिनियाँ क्लबबीच शनिबार मैत्रीपूर्ण फुटबल

२०८० माघ २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

माघ २५

चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै मैत्रीपूर्ण खेलको तयारी पूरा भएको जानकारी दिएको हो।
मैत्रीपूर्ण खेलका लागि चीनको चिङ्घाई फुटबल क्लबको युवा टोली नेपाल आइसकेको छ।
नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली युवा टोली पोखरामा प्रशिक्षणरत छ।

प्रतियोगिताको सह–आयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेका छन्।
युवा टोलीलाई सिनियर टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले हेरिरहेका छन्। टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ कोचमा मनिष तिम्सिना छन्।

मैत्रीपूर्ण खेल शनिबार दिउँसो ३ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि साधारण प्याराफिटतर्फ २ सय र भीआईपी प्याराफिटतर्फ ५ सय रुपैयाँ टिकट दर राखिएको छ।

खेलका लागी नेपाली युवा टोलीमा पुजन होना, अजय चौधरी, पदम भटटराई, छिरिङ लामा, योगेश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम, सन्जिव विष्ट, लाकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ट, आयुष घलान, आशिक बाबु, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र एञ्जल महर्जन रहेका छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय