नेपालमा पहिलोपटक चिनियाँ बसन्त महोत्सवको भव्य शुरुआत

२०८० माघ २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

 

माघ २५

चिनियाँ परम्परागत नयाँ वर्ष र बसन्त चाडको उपलक्ष्यमा मगलबार काठमाडौंको रत्नपार्कमा चिनियाँ रातो लाल्टिन बालिएको छ । साँझ ५ बजे चिनियाँ दीप (रातो लाल्टिन) प्रज्वलनको उद्घाटन पर्यटन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले गर्नुभएको छ ।

चिनियाँ बसन्त उत्सवको उपलक्ष्यमा यस प्रकारको कार्यक्रम नेपालमा भएको सम्भवतः यो पहिलो पटक हो । चिनियाँ परम्परागत पर्वको रौनकको रुपमा केही दिनसम्म उक्त लाल्टिन बालिने जनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजदूतले अरुको घरको बत्ती निभाएर आफ्नो घर उज्यालो नहुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ३५ सय बर्षदेखि मनाउन थालिएको बसन्त चाडको इतिहास र दुई मुलुकबीचको घनिष्ठ मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गर्नुभयो ।
आगामी शनिबारदेखि शुरु हुने चिनियाँ परम्परागत नयाँ वर्ष र वसन्त चाडको उपलक्ष्यमा काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गरिँदै छ । शुक्रबारदेखि राजधानीका विभिन्न स्थानमा ड्रागन,सिंह र किरिन नृत्य प्रस्तुत गरिँदै छ । शुक्रबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म ठमेलमा,शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म दरबारमार्गस्थित महेन्द्रको शालिकमा र आगामी बुधबार हाँडीगाउँ गहनापोखरीमा नृत्य देखाइने तालिका छ ।

सोही दिन साढे १ बजेदेखि ३ बजेसम्म भक्तपुर दरबार स्क्वायर, साढे ४ बजेदेखि ६ बजेसम्म पाटन दरबार स्क्वायरमा नयाँ वर्षको उपलक्ष्यमा डगन, सिंह र किरिन नृत्य देखाउने बताइएको छ ।
शनिबार दिउँसो २ बजेदेखि दशरथ रंगशालामा नेपाल–चीनबीच मैत्री फुटबल प्रतियोगिता राखिएको छ । सोमबारदेखि बुधबारसम्म टुँडिखेलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चिनियाँ नयाँ वर्ष महोत्सवको आयोजना गरिँदै छ । महोत्सवमा खानाका परिकार, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायत हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय