नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता, आपसी सहकार्यमा जोड

२०८० माघ २४, बुधबार
पढ्ने समय : < 1 मिनेट

माघ २४
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले भारतका सूचना तथा प्रसारण एवं युवा तथा खेलकुदमन्त्री अनुराग ठाकुरसँग भेटवार्ता गरेका छन्।

दिल्लीस्थित ठाकुरको कार्यालयमा भएको भेटमा बिमस्टेक अक्वाटिक च्याम्पियनसिप (प्रतियोगिता) २०२४ बारे छलफल भएको छ।
प्रतियोगिता बुधबारदेखि शुक्रबारसम्म नयाँदिल्लीमा हुँदै छ। प्रतियोगिता शुभारम्भ भएको घोषणा भने मंगलबारै भएको छ। भारतीय खेलकुदमन्त्री ठाकुरले प्रतियोगिता सुरुवात भएको घोषणा गरेका हुन्।

‘हामीले दुई देशका खेलकुद, युवा शक्तिहरूबीच साझेदारीहरूका अवसर खोजी गर्ने, क्षेत्रीय एकता र सहकार्य सुदृढ र प्रवर्द्धन गर्ने विषयमा छलफल गरेका छौँ,’ भारतीय खेलकुदमन्त्री ठाकुरले ट्विटरमा भनेका छन्।
भारतले बिमस्टेकअन्तर्गतका पहिलो अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न लागेको उनले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय