माघ २१
चिनको बिरोधमा पोखरामा प्रदर्शन गरिएको छ । चिनिया महत्वकांक्षी रुपमा रहेको आर्थिक सहयोग बिआरआई परियोजना मुलुकको लागी ऋणजाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको हो । राष्ट्रीय एकता अभियान, पोखराले ऋणमुक्त रÞ स्वाधीन पोखरा अंतराष्ट्रीय विमानस्थलको लागि सचेतना रैली निकाल्दै प्रदर्शन गरेको छ ।
अभियानका केंन्द्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको बिरोध प्रदर्शनमा पोखरा बिमानस्थललाई ऋणजालबाट मुक्त गर,विमानस्थल पूर्णरुपले संचालन गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर,बिआरआई ऋणलाई अनुदानमा परिणत गर जस्ता नारा लगाइएको थियो । पोखरा अन्तराष्ट्रीय विमानस्थलको चिनियाऋण अनुदानमा परिणत गरियोस भन्दै मुख्यमांग सहित निकालिएको रैली पोखराको सभागृह अगाडिबाट सुरु भइ नगरपरिक्रमा गरी पृथ्वीचोक मा पुगेपछि कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्यासित रुपमा बढेको चिनिया सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा परेको आरोप लगाएका थिए । संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चिनको सक्रियता र सहयोग दुबै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठुलो आवश्यकता रहेको बताएका छन । यादवले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको लागि चिनले दिएको सहयोग नेपालको लागी ठुलो ऋणजाल साबित हुने ठोकुवा गरेका छन ।संयोजक यादवले पोखरा बिमानस्थलमा देखिएको आर्थिक घाटापुर्तिको बहानामा चिनिया सेना पोखरामा ल्याउने ठुलो खेलभइरहेको आरोप समेत लगाएका थिए ।
यादवको भनाईमा समर्थन गर्दै अन्य बक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसंग गरेको बिआरआई सम्झौता अबिलम्ब खारेजीको मांग गरेका थिए । कार्यक्रमका बक्ताहरुले राष्ट्रिय स्वाधीनताको महत्व,मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागी ठुलो ऋणजाल भएको कुरामा जोड दिएका थिए । वक्ताहरुले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट भबिष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगीन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा सुनिल धामीले धन्यवाद व्यक्तगर्दै तराईमा बढदै गएको चिनीया सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्रि लगायत सबै नेताहरुलाई आहवान गरेका थिए। कार्यक्रमको संचालन शेरबहादुर बिश्वकर्माले गरेका थिए ।






