माघ १६
प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा रहेका सांसदहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको निमन्त्रणमा समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा सांसदहरु आज त्यसतर्फ जान लागेका हुन् ।
एक हप्ताको भ्रमणमा उनीहरुले भारतीय विदेशमन्त्री एस.जयशंकरदेखि पर्यटन मन्त्री जी.किशन रेडीसँग भेटघाट गर्नुका साथै लोक सभाका अध्यक्ष ओम विरला र राज्यसभाका अध्यक्षसँग पनि छलफल गर्ने बताइएको छ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका समितिका सभापति राजकिशोर यादवले भेटमा दुई देश बिचको सम्बन्धका विषयमा छलफल हुनुका साथै पर्यटकीय क्षेत्र घुमघाम गर्ने बताए ।भारतीय विदेशमन्त्री जयशंकरसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताउँदै उनले पर्यटन मन्त्रीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको बताए । भ्रमण टोलीमा ६ सांसदसहित ११ जना रहने बताइएको छ । उनीहरु ६ फरवरीमा स्वदेश फर्किने छन् ।






