माघ ११
परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ ।
लम्साल सचिवमा नियुक्त भएपछि राजदूत सोङको यो पहिलो भेट हो । सो भेटमा नेपाल–चीनबिचको सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल भोलि शुक्रबार नेपाल भ्रमणमा आउँदै छन् । त्यसको विषयमा सचिव लम्साल र राजदूत सोङबिच छलफल भएको स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन भोलि बंगलादेश हुँदै चार दिने नेपाल भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपालमा उनले विभिन्न दलका नेताहरुसँग सामूहिक छलफल गर्ने बताइएको छ ।



