राष्ट्रिय स्वाधीनताका लागी बीआरआई खारेजीको माग

२०८० पुष २७, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

पुस २७
राष्ट्रिय एकता अभियानले इनरुवामा राष्ट्रिय स्वाधीनता, बीआरआई ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल’ बिषयक एक संवाद कार्यक्रमको आयोजना गरेको छ। यो कार्यक्रमको अध्यक्षता इनरुवाका समाज सेवि लक्ष्मी साहले गरेका थिए । भने मुख्य अतिथि अभियान का केन्द्रीय संयोजक विनय यादव रहेका थिए । कार्यक्रममा अभियानका वरिष्ठ नेता तथा सभासद बीपी यादव ,प्रवक्ता जीवन साह, सभासद ललिता साह, गायक ज्योतन मेहता र प्राध्यापक कुञ्ज्यालाल यादवलगायत को उपस्थित थियो ।

कार्यक्रममा राष्ट्रिय स्वाधीनताको महत्व, देशको आर्थिक दुर्गतीमा बीआरआई ऋणजालको भूमिका र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको व्ययभारबाट हुने आर्थिक नोक्सानका विस्तृत छलफल भयो । प्रमुख अतिथि विनय यादवले राष्ट्रिय एकता र विकासमा चीनबाट नेपालको राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न आबस्यक रहेको बताए। उनले पोखरा अन्तरराष्ट्रिय बिमानस्थलको लागि उपलब्ध गराईएको ऋण भोली नेपालको सार्वभौमसतालाई चुनौती दिने खतरा औल्याए।

यादवको भनाईमा समर्थन गर्दै अन्य बक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसङको बिआरआई सम्झौता खारेज गर्नुपर्नेमा सह्मती जनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय