कृषि मन्त्रीसँग भेटघाट सकेर चिनियाँ नेताहरु ठमेल जाने

२०८० पुष २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

पुस २०
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय कमिटीका स्थायी समितिका उपसचिव शि युगाङले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालसँग भेटवार्ता गरेका छन् ।

आज दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । मन्त्री भुसाललाई भेट्न पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाङ ३ बजे सिंहदरबार पुगेका थिए ।

चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयु ९६१७ मा बिहिबार अपराह्न काठमाडौँ आएका चिनियाँ नेताहरु आज बिहानैदेखि विभिन्न भेटघाट र अवलोकन भ्रमणमा व्यस्त छन् । चिनियाँ टोलीले आज बिहान कलंकीस्थित आईआरआई स्कुल भ्रमण गरेको थियो ।

त्यसपछि खुमलटारस्थित इसिमोड पुगेका उनीहरु गोदावरीको नलेज पार्क घुमेर दिउँसो भक्तपुर दरबार स्क्वायर घुम्न गएका थिए । त्यहाँबाट टोली मन्त्री भेट्न सिंहदरबार पुगेको हो । साँझ ठमेल घुम्ने उनीहरुको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय