पुस १८



भारतका विदेश मन्त्री एस जयशंकर भोलि काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जयशंकरको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
बिहीबार र शुक्रबार नेपाल र भारतबीच सातौं संयुक्त आयोगको बैठक बस्दैछ। त्यसैको सिलसिलामा उनी काठमाडौं आउन लागेका हुन्।
आयोगले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धसँगै विभिन्न आपसी सहर्कायका क्षेत्रबारे चर्चा गर्नेछ। परराष्ट्र मन्त्री एनपी साउद र जयशंकरको उपस्थितिमा नेपाल भारत प्रशारण लाइनको सुरुवात हुने बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतबारे भएको सहमतिलाई कार्यान्वयन पनि आयोगको बैठकले गर्ने जनाइएको छ।
नेपाल बसाइका क्रममा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शिष्टाचार भेट गर्नेछन्। जयशंकर शुक्रबार नै नयाँ दिल्ली फर्किनेछन्



