भारतीय बिदेश मन्त्री जय शकर जनवरी ४ मा नेपाल आउने

२०८० पुष १६, सोमबार
पढ्ने समय : < 1 मिनेट

पुस १६
भारतीय विदेश मंत्री एस जयशंकर जनवरी ४–५ मा नेपाल भ्रमणमा आउँदै छन।

उनी संगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मंत्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन्।

भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीवार बिहान १० बजे त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा अवतरण गर्ने छन्।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्री एनपी साउदसंग भेटघाटसँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन्।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमंत्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संग सामूहिक भेटघाट हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय