पोखरामा उडान थाल्न चीन तयार,सरकारी अधिकारीहरु निर्णय कुर्दै

२०८० पुष १४, शनिबार
पढ्ने समय : < 1 मिनेट

पुस १४
पोखरामा नयाँ विमानस्थलको औपचारिक उद्घाटन भएको एक वर्ष पुगेको छ । क्षेत्रीय रुपमा निर्मित उक्त विमानस्थलबाट उडान थाल्न चिनियाँ विमान कम्पनीहरु तयार छौं भन्दैछन् । यसअघि दुई पटक छन्तु शहरबाट चार्टर गरिएका विमानको त्यहाँ अवतरण भइसकेको छ ।

नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले पनि परीक्षण उडान गरेको छ भने हिमालय एअरलाइन्सले त झन चिनियाँ प्रतिनिधिमण्डल बोकेर पोखरा पुर्याइसकेको छ । तर, अहिलेसम्म आन्तरिक बाहेक अन्तर्राष्ट्रियतर्फ नियमित व्यावसायिक उडान भने हुन सकेको छैन ।

‘पोखरा विमानस्थलको सम्भाव्यता अध्ययन क्रममा चीनमा उडानको लागि चिनियाँ पक्ष तयार छ । तर,दक्षिणतर्फ एउटा मात्रै शहरमा भए पनि उडान थाल्ने योजना रहेकाले काम अघि बढ्न सकेको छैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको भनाई छ । त्यहाँको उच्च स्रोतले आफ्नै राष्ट्रिय झण्डाबाहक आरएनएसीले समेत आवश्यक पूर्वाधारको अभावमा पोखराबाट उडान अगाडि नबढाएकोमा खिन्नता प्रकट गरेको छ ।

तर,हवाईविज्ञहरुका अनुसार मूलतः भैरहवा र पोखरामा निर्मित विमानस्थलमा उडानको निम्ति अन्तर्राष्ट्रिय रुट परमिटको समस्या मुख्य कारण हो । नेपाल आउने अधिकांश अन्तर्राष्ट्रिय उडान भारत हुँदै सिमराबाट छिर्नुपर्ने हुन्छ । पश्चिमबाट आएकालाई महेन्द्रनगरबाट,पूर्वबाट आएकालाई झापा वा विराटनगरबाट र वीचबाट आएकालाई सिमरा भएर आउँदा सहज हुने देखिन्छ । खर्चको हिसाबले पनि यस्तो भएमा किफायती रुट हुन आउँछ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको निम्ति आउने विमानको निम्ति सिमरा रुट ठीकै हो । तर, यही रुट भएर मात्र नेपाल छिर्दा ती विमानस्थलमा अवतरण हुने जुनसुकै विमानको निम्ति उडान निकै महँगो हुने गर्दछ । त्यसैले त्यो बाटो अव्यवहारिक जनाउँदै विमान कम्पनीहरुले पोखरा र भैरहवामा उडानको चासो नदेखाएको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय