नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड

२०८० मंसिर २४, आईतवार
पढ्ने समय : < 1 मिनेट

मसिर २४
भारत भ्रमणमा रहेका नेपालका विद्यार्थी संगठनहरुले भारतीय जनता पार्टीलाई नेपाल–भारत सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका छन् ।
भाजपा विदेश विभागले गरेको अन्तरक्रियामा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले एक स्वरमा सीमा समस्या चाँडो टुङ्ग्याउन जोड दिएका हुन् । नेताहरूले सीमा समस्या नटुङ्ग्याए नयाँ पुस्ताबाट छलफल अगाडि बढाउनुपर्नेमा विद्यार्थी संगठनका भनाइ थियो।
उनीहरुले नेपालका विश्वविद्यालय र भारतीय विश्वविद्यालयका विद्यार्थीहरुबीच एक्सचेन्ज कार्यक्रमलाई जोड दिएका थिए ।
अखिल भारतीय विद्यार्थी परिषद्को ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेविसंघ, अनेरास्ववियु अखिल क्रान्तिकारी लगायत विद्यालय संगठनका नेतृत्वकर्ता भारत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय