चिनियाँ उच्च पदस्थ र गन्यमान्यलाई नेपाल घुमाउने योजना

२०८० मंसिर २२, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

मंसिर २२

नेपाल र चीनबीच चीनका स्थानीय उच्चपदस्थ तथा विभिन्न बिजनेस हाउसका कार्यकारीहरुलाई महिनाको एक पटक नेपाल घुमाउन पहल गर्ने योजना बनाइएको छ । हाल दुई मुलुकबीचको भ्रमणमा प्रयोग भइरहेका मार्गबाहेक अन्य क्षेत्रमा पनि चिनियाँ प्रतिनिधिहरुको भ्रमण गराउने सम्भौता भएको बताइएको छ ।

व्यापार, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज र छुंक इन्टरप्राइज म्यानेजमेण्ट कन्सल्टिङ कम्पनी लिमिटेडबीच भएको सम्झौतामा उक्त विषय उल्लेख छ । चीनको यिवु शहरमा भएको सम्झौतामा चेम्बर अफ कमर्सका चीन पूर्वी क्षेत्रका प्रतिनिधि राजकुमार खड्का र लिमिटेडका प्रतिनिधि जेसिकाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा चिनियाँ प्रतिनिधिहरुलाई नेपाल ल्याउन स्थानीय कम्पनी यिवु गाइड ट्रेडिङ्ग कम्पनी लिमिटेड र छुंक इन्टरप्राइज म्यानेजमेण्टबीच करार सम्झौता भएको हो । कार्यक्रम मा नेपाल चाइना चेम्बर अफ कमर्सका प्रतिनिधि विष्णुप्रसाद डुमरु र यिवु आर्ट तथा कल्चर निर्देशक गुओयीको उपस्थिति थियो ।
‘ट्रेड, टुरिजम र कल्चर’ आदानप्रदान गर्ने उद्देश्यका साथ अघि बढेको कम्पनीले आफ्नो योजनाको शुरुवात मित्रराष्ट्र नेपालबाट गर्न लागेको जनाएको छ । ‘चाइना चच्याङ प्रोभिन्स ः फोर्थ इन्टरनेसनल मेकर इन्टरप्रिनियरसीप एण्ड इनोभेसन कम्पिटिसन’ मा चीनको उक्त कम्पनी आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय