राष्ट्रिय अनुसन्धान विभाग का अधिकृतलाई चीन ले तालिम दिने

२०८० मंसिर २०, बुधबार
पढ्ने समय : < 1 मिनेट

मंसिर २०

नेपाली सेना,निजामती कर्मचारी,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्तिलाई विभिन्न तालिम दिँदै आएको चीनले अब राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) का कर्मचारीलाई पनि उतै बोलाएर तालिम दिने भएको छ । चीनले सेना र निजामती कर्मचारीको क्षमता विकासमा अत्यधिक योगदान पुर्याउँदै आएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई पनि पछिल्लो समय केही तालिमलगायतका सुविधा दिँदै आएको चीनले हाल प्रधानमन्त्री कार्यालयमा लगिएको र सँधै ओझेलमा परेको अनुसन्धान विभागको पनि क्षमता विकास गर्न खोजेको बताइन्छ । विभागका अनुसार चीनले आफ्नो देशमा बोलाएर अधिकृतहरुलाई तालिम दिने प्रस्ताव पठाएको छ ।

विभाग स्रोतका अनुसार तत्कालका लागि १० जना अधिकृतलाई चीनका विभिन्न शहरमा छोटो समयको तालिम दिने प्रस्ताव चीनबाट प्राप्त भएको छ । अहिले सोही प्रयोजनको निम्ति नाम छनौट प्रक्रिया शुरु भएको बुझिएको छ । प्रमुख अनुसन्धान अधिकृत हुतराज थापाको टेबलमा प्रस्ताव पुगिसकेको र नाम छनौट प्रक्रिया शुरु भएको बताइन्छ । तर,तालिम कहिलेदेखि कार्यान्वयन हुने भन्ने निर्णय अब आयोजकले नै गर्नेछन् ।

थापा केही समयअघि भारत र दक्षिण कोरियाका गुप्तचर प्रमुखहरुसँग भेटेर फर्केका थिए । उनी अलि अगाडि अमेरिकासमेत गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय