मंसिर २०
अर्थमन्त्री प्रकाशशरण महतले नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ हुनुमा ठेकेदार दोषी भएको बताएका छन् ।
नवलपरासी पूर्वको कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदारका कारण ढिलाइ भइरहेको बताएका हुन् ।



ग्लोबल टेन्डरअनुसार न्यून मूल्यमा ठेक्का सकार्ने र काम फटाफट नगर्नुमा ठेकेदार दोषी भएको अर्थमन्त्री महतको भनाइ छ । ’पैसा दिएको छ । नियमन गर्ने निकाय पनि छ तर काम भएको छैन,’ उनले भने । यसबारेमा आफूले सरोकारवाला निकायमा जानकारी गराउने अर्थमन्त्री महतले प्रतिबद्धता जनाए । सडक विस्तारलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ध्यानाकर्षण गराउनेसमेत उनले बताए ।



