कार्तिक २७
चीनको स्वशासित क्षेत्र तिब्बतबाट नेपालले अनुदान सहयोग पाउने भएको छ।
नेपाल र चीनका प्रतिनीधिबीच अनुदानको विषयमा समझदारी भएको छ।
१ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग पाउने गरी सम्झौता भएको अर्थमन्त्रालयले जनाएको छ।



सन् २०२४ देखि २०२८ सम्म अनुदान सहायता प्राप्त हुने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ।



